एकाएक बाबुराम र उपेन्द्र तनावमा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

एकाएक बाबुराम र उपेन्द्र तनावमा



वैशाख– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकीकरणपछि रोजेको ‘समाजवादी पार्टी’ नेपाल नाम पाउन कानूनी समस्या देखिएको छ ।

यो नामको राजनीतिक दल पहिले नै निर्वाचन आयोगमा दर्ता छ । एउटै नामका एकभन्दा बढी दल दर्ता नहुने कानूनी व्यवस्था छ । आयोगमा विष्णुराज अर्याल अध्यक्ष रहेको ‘समाजवादी पार्टी नेपाल’ दर्ता छ । गत निर्वाचनमा उक्त पार्टीले उम्मेदवारी नदिए पनि कानूनी हैसियतमा भने सम्पूर्ण प्रक्रिया पूरा गरेको दलका रुपमा आयोगमा सूचीकृत छ । उक्त दलका लागि चुनाव चिह्न ‘सुकुन्दा’ तय गरिएको थियो ।

आयोग प्रवक्ता शंकरप्रसाद खरेलले दुई दल एकीकरण भएको आधिकारिक जानकारी आइनसकेको बताए । उनले एउटै नामका दुई दल भने दर्ता गर्न नमिल्ने बताए । कान्तिपुर दैनिकमा समाचार छ ।