प्रचण्डको प्रतिवेदनमाथि पूर्व सहकर्मी बाबुरामको कडा टिप्पणी - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

प्रचण्डको प्रतिवेदनमाथि पूर्व सहकर्मी बाबुरामको कडा टिप्पणी



काठमाडौं- माओवादी केन्द्रको आठौँ महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहेका बेला विभिन्नखाले टिका टिप्पणीहरू भैरहेका छन् ।

यस्जतैमा नता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि कडा टिप्पणी गरेका छन् ।

उनले प्रचण्डको प्रतिवेदन ‘काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको’ जस्तो रहेको टिप्पणी गरेका छन्।पूर्वसहयोद्धाको प्रतिवेदन पढेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो।’

उनले फेरि एकपटक ‘असली बाजेको पेडा बेच्ने होडबाजी’ चल्ने भन्दै व्यंग्य गरेका छन्। अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने उनको बुझाइ छ।

उनले पपुलिज्म वामपन्थी वा दक्षिणपन्थी जुनसुकै खोलमा आए पनि त्यो समाजका लागि हानिकारक हुने उल्लेख गरेका छन्।

उनको टिप्पणी छ, ‘क्रान्तिकारी शब्दाडम्बरले झन् परिवर्तनका भोका उत्पीडित वर्ग र समुदायलाई दिशाहीन आवेगमा अल्झाएर बढी नोक्सान गर्छ। जिम्मेवार नेताले जनतालाई बाटो देखाउने हो, भ्रम छर्ने हैन!’