बाबुरामले भने: विद्यार्थीको ज्यान भन्दा परीक्षा ठूलो होइन, स्कुल बन्द गरौँ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बाबुरामले भने: विद्यार्थीको ज्यान भन्दा परीक्षा ठूलो होइन, स्कुल बन्द गरौँ



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल विद्यालय बन्द गर्नुपर्ने बताएका छन्।

डा. भट्टराईले कोरोना भाइरसको प्रकोप विश्वभर फैलिरहेको र खुला सीमाना भएको छिमेकी भारतमा समेत तीव्र रुपमा फैलिँदा नेपालतर्फ भने स्कुल कलेज बन्द नगरेर लापरवाही गरेको भन्दै सरकारसँग असन्तुष्टि जनाएका छन्।

उनले भनेका छन्, परीक्षाभन्दा बालबालिका र विद्यार्थीको ज्यान ठूलो हो । उनले परीक्षा केही हप्ता पर सार्दा आकाश नखस्ने टिप्पणी समेत गरेका छन्।

भट्टराईले शनिबार ट्वीटरमा लेखेका छन्, ‘कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो? छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ? सत्ताधारी कमरेडहरूको ध्यान जाला?’

कोरोना प्रकोपका कारण छिमेकी भारतमा विद्यालय बन्द गरिएको छ।