बुटवलमा एमालेका बाबुरामले ७ सय मत कटाए - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

बुटवलमा एमालेका बाबुरामले ७ सय मत कटाए



बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेले १३५५ मतसहित अगाडि छन्।

नेकपा एमालेबाट मेयर उम्मेदवार बाबुराम भट्टराईले ७०४ मत प्राप्त गरेका छन्। पाण्डेले ६५१ मत बढी ल्याएर अग्रता लिइरहेका छन्।

राप्रपाका मृगेन्द्र शेरचनले ५०९ मत ल्याएका छन् । बुटवलमा उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले ६३२, एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ५७५ र राप्रपाकी भगवती पाण्डेले ४६७ मत प्राप्त गरेकी छन्।

यसअघि वडा नम्बर १ को मत गणना सकिएकोमा अहिले वडा नम्बर २ र १९ को मतगणना भइरहेको छ।