डा. भट्टराईले भने: राजावादीलाई खुल्ला, गणतन्त्रवादीलाई पक्राउ ! के पारा हो यो ? - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

डा. भट्टराईले भने: राजावादीलाई खुल्ला, गणतन्त्रवादीलाई पक्राउ ! के पारा हो यो ?



काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति कडा विरोध गरेका छन् ।

डा. भट्टराईले देशभर राजावादीहरूलाई मनलाग्दी गर्न दिएर गणतन्त्रवादीलाई पक्राउ गरेको आरोप समेत लगाउँदै उक्त घटनाको कडा विरोध जनाएका हुन्।

बुधबार नतहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको तियो । घटनाप्रति आपत्ति जनाउँदै भट्टराईले राजावादीलाई देशभर आन्दोलन गर्न दिएर गणतन्त्रवादीलाई पक्राउ गरिएको आरोप लगाएका छन्।

‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार?ओली सरकारको के हो चाला? उनकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है,’ भट्टराईले भनेका छन्।