डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई 'अधम मान्छे' भनेपछि... - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई ‘अधम मान्छे’ भनेपछि…



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधम को संज्ञा दिएका छन् । उनले आफु पनि नजान्ने अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रमममा बोल्दै डा. भट्टराईले संकटको बेला पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताएका हुन् ।

जनताको जीवन र देशको अर्थतन्त्रमा खेलवाड भइरहेको उल्लेख गर्दै उनले भने, ‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ । मध्यम मान्छेले अर्कोले भनेको मान्छ । ‘अधम’ मान्छले आफुले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन् ।

म चाँही हाम्रा शासकलाई अधमको कोठीमा राख्न चाहान्छु । किनकि यस्तो संकटको बेलामा शासन सत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झै झगडा, सत्ताको भागवण्डामा महिनौँ वर्वाद गरिरहेको छ । देश र जनताको जीवनमाथि खेलवाड गरिरहेको छ ।’’

भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत कुनै ठोस कार्यक्रम नल्याएको समेत बताए । कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी तथा श्रमिकका लागि कुनै पनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको उनले बताए ।