बाबुरामले मध्यरातमा किन गरे यस्तो ट्वीट ? - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

बाबुरामले मध्यरातमा किन गरे यस्तो ट्वीट ?



काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गर्नुपर्ने दोहोर्‍याएका छन्। मध्यरात ट्वीट गर्दै उनले आलटाल नगरी अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन्।

सबैले जनतालाई एमसीसी बारे बुझाउनुपर्ने बताउँदै भट्टराईले यही बहानामा प्रतिगमनविरोधी गठबन्धन टुटाउनु नहुने धारणा राखे। उनले भने,‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौँ । सबै एकमुख भएर जनतालाई बुझाउँ ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि नबढाए गठबन्धन टुट्ने संकेत गरेपछि भट्टराईले गठबन्धन टुटाउन नहुने बताएका हुन्।

उनले यो प्रकरणले नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् भन्ने कामना गरेका छन्। उनले लेखेका छन्, ‘यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् ! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् !’