बाबुरामको घोषणा: भीआईपी सुरक्षा नलिने
काठमाडौं : नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैशाख १ गतेदेखि पूर्व प्रधानमन्त्रीको हैसियतमा लिँदै आएको सरकारी सुरक्षा सेवा नलिने घोषणा गरेका छन् ।
डा. भट्टराईले नयाँ वर्षदेखि व्यक्तिगत सुरक्षा अधिकृतबाहेक नेपाल सरकारले उपलब्ध गराउँदै आएको सुरक्षाकर्मीलाई फिर्ता पठाउने नयाँ शक्तिका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन्।
उनले अतिविशिष्ट/विशिष्ट व्यक्तिको सुरक्षाका नाममा धेरै जनशक्ति दुरुपयोग भएको भन्दै डा. भट्टराईले उक्त सुविधा फिर्ता गर्न लागेको बताएका छन्।