बाबुरामले गरे नेपालका कम्युनिष्ट सकिने खुलासा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बाबुरामले गरे नेपालका कम्युनिष्ट सकिने खुलासा



काठमाडौं। नयाँ शक्ति पार्टीका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक धारको कम्युनिष्टले फरक धारका कम्युनिष्टलाई सक्काउने कामको सुरुवात हो भने दुवै कम्युनिष्ट अवसानको बाटोमा लागेको शंका ब्यक्त गरेका छन्।

सरकारले नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक गतिबिधिमा संलग्न भन्दै कारवाही गर्ने बताएसँगै डा. भट्टराईले फेसबुक मार्फत आफ्नो बिचार राखेका हुन्।

उनले जर्मन र भारतको कम्युनिष्ट पर्टीहरुको अवसानको उदाहरण दिंदै नेपाल पनि यही बाटोमा हिंडेको हो की भनेर शंका गरेका छन्।

डा. भट्टराई फेसबुकमा लेख्छन:

‘मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए : ‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा!’

नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ! एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ!

आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो! त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो!

आखिर त्यसको परिणाम के भयो? अन्तत: दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो!

के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो?’