सभामुखमाथि खनिए बाबुराम भट्टराई - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

सभामुखमाथि खनिए बाबुराम भट्टराई



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको अडानका कारण संसदमा एमसिसी प्रस्ताव पेश हुन नसकेको बताएका छन्।

सभामुखले सर्वदलीय सहमति नभएसम्म सदनमा प्रस्तुत हुन नदिने अडान लिएकाले एमसिसी पेश प्रस्ताव पेश हुन नसकेको बताएका हुन्।

प्रमुख प्रतिपक्षीले संसद चल्न नदिने र सभामुखले सर्वदलीय सहमति नभएसम्म सदनमा प्रस्ताव प्रस्तुत नदिने भनेपछि लोकतन्त्र कसरी चल्ने भनेर भट्टराईले प्रश्नसमेत गरेका छन्।

‘हलो अडकाएर गोरु चुट्नु नेपाली राजनीतिको प्रिय धन्धा बन्नु विडम्बनापूर्ण छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘प्रमुख प्रतिपक्षीले संसद चल्न नदिने, सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव पेश हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ?’

उनले जिम्मेवार दललाई अहिले देखिएका समस्याको समाधान खोज्न पनि आग्रह गरेका छन्।

‘जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने,’ उनले प्रश्न गरेका छन्।