राष्ट्रपति र प्रधानमन्त्रीमाथि खनिए बाबुराम भट्टराई - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

राष्ट्रपति र प्रधानमन्त्रीमाथि खनिए बाबुराम भट्टराई



काठमाडाैं- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिप्रति कडा आक्रोश पोखेका छन्।

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिलाई खुराफात शिरोमणिको संज्ञा दिँदै ट्विटमा लेखेका छन् – खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।’

आज गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचन हारेसँगै बसेको मन्त्रिपरिद बैठकले राष्ट्रपतिलाई सर्वदलीय सरकार बनाउन आग्रह गरेको थियो। राष्ट्रपतिले पनि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दलहरूलाई भोलि शुक्रबार साँझ ५ बजेसम्म वैकल्पक सरकार बनाउन आग्रह गरेकी छन्।

डा भट्टराईले राष्ट्रपतिको यो कदमप्रति आक्रोश पोख्दै कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डितरपरास्त गरौं भनी लेखेका छन्।

साथै उनले सबैले दलीय रनिजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा ७६ (५) बाटै निकास दिऊॅ भनी आग्रह गरेका छन्।