पार्टी छाड्नेप्रति बाबुरामको कटाक्ष : 'क्रान्तिबाट थाकेर रस चुस्ने होडबाजी' - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

पार्टी छाड्नेप्रति बाबुरामको कटाक्ष : ‘क्रान्तिबाट थाकेर रस चुस्ने होडबाजी’



काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले यतिबेला नेपालको राजनीतिमा ‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ प्रवृत्ति निकै मौलाउँदै गएको टिप्पणी गरेका छन् ।

पछिल्लो समय विभिन्न पृष्ठभूमिका व्यक्तिहरु सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने लर्को लागिरहेको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘यतिबेला जता काफल पाक्यो, उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ । डनहरु, व्यापारीहरु, क्रान्तिबाट थाकेकाहरु सत्ताधारी पार्टी पसेर रस चुस्न होडबाजी गर्दैछन् ।’

उनले आफ्नो पार्टीका केही नेतासमेत सत्तारुढ पार्टीमा प्रवेश गर्न लागेको संकेत गर्दै लेखेका छन्, ‘सपाबाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसँग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन् । भलो होस् ।’