ओली-प्रचण्डले गरेको भ्रष्टाचारको प्रमाण पेश गर्न बाबुराम भट्टराईलाई नेकपाको चुनौती - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओली-प्रचण्डले गरेको भ्रष्टाचारको प्रमाण पेश गर्न बाबुराम भट्टराईलाई नेकपाको चुनौती



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनता समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जोडेर बुढीगण्डकीका सन्दर्भमा दिएको अभिव्यक्ति आधारहिन, गलत र कपोकल्पित एवं दुरासय पूर्ण रहेको दावी गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै डा.भट्टराईको अभिव्यक्तिलाई खारेज गर्दै कथित प्रमाण भए सार्वजनिक गर्न चुनौति समेत दिएका छन् । भट्टराईको अभिव्यक्तिप्रति घोर भत्र्सना गर्दै उनले सार्वजनिक रुपमा र राज्यका निकायमा पेश गर्न भनेका हुन् ।

‘हामी त्यससँग सम्बन्धित तथाकथित प्रमाण भए सार्वजनिक रुपमा र राज्यका सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौ । यद्यपि, त्यसप्रकारको कृतिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेतीमात्र हो भन्ने स्पस्ट नै छ’, प्रवक्ता श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘तसर्थ राज्यको गरिमामय उच्चपद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना गर्नुपर्दछ ।’ भट्टराइले गतसाता गोरखामा पुगेर ओली, प्रचण्ड र शेरबहादुर देउवाले बुढीगण्डकीमा नौ अर्ब भ्रष्टाचार गरेको र आफुुसँग प्रमाण रहेको बताएका थिए ।