डा. भट्टराईले भने: विपी कोइराला लोकतन्त्रका उपज हुन् - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

डा. भट्टराईले भने: विपी कोइराला लोकतन्त्रका उपज हुन्



काठमाडौं । नेपाली साहित्यमा विशिष्ट स्थान कायम गरेका विश्वेश्वर प्रसाद कोइरालाको नेपाली राजनितीमा सम्मानित व्यक्तिका रुपमा चिनिन्छन् । प्रजातन्त्र प्राप्तीका लागि लामो समय लडेका स्व. कोइरालाको आज १०६ औं जन्मजयन्ती नेपाली कांग्रेसले विभिन्न औपचारिक कार्यक्रम गरेर मनाउदैछ ।

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विपी कोइरालालाई नेपालको प्रारम्भिक लोकतान्त्रीकरण अभियानका अगुवा हुन् भन्दै बीपी प्रति हार्दिक सम्मान व्यक्त गरेका छन् । ट्विट मार्फत उनले भनेका छन् ‘ लोकतन्त्र निरन्तर गतिशील हुन्छ । पहिलो चरणको स्वतन्त्रतामुखी लोकतन्त्रका उपज बीपी, दोश्रो चरणको समानतामुखी लोकतन्त्रका उपज हामी, तेश्रो चरणको पहिचान र सहभागितामूलक लोकतन्त्रका उपज नयाँ पुस्ता । सबैको जय होस ।’

विपिलाई ब्यक्ति होइन विचार,संस्कार र संस्कृतिका रूपमा बुझ्छौं हामी भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपिले अघि सारेको लोकतान्त्रिक विचार यतिबेला सबैले हिंड्ने साझा बाटो बनेको छ भन्दै लेखेका छन् ‘आज १०६ औं जन्म जयन्तीमा संकल्प गरौं उहाँको संस्कार र संस्कृतिपनि अनुकरण गर्दै मुलुकको प्रगति र नागरिकको खुशी संभव तुल्याउंनेछौं ।’

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले विपीको जन्मजयन्तीको अवसरमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ वटा बिरुवा (रुख) रोप्ने संकल्प गरे ।