सरकार बनाउने खेल विडम्बनापूर्ण छ: बाबुराम भट्टराई
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले सुरू भएको खेल विडम्बनापूर्ण भएको बताएका छन् ।
उनले फेरि सरकार बनाउने खेल शुरु भएको भन्दै चिन्ता प्रकट गरेका गर्दै सामाजिक सञ्जाल ट्वीटरमा यस्तो प्रतिक्रिया दिएका छन् । भट्टराईले वैज्ञानिक अल्वर्ट आइन्सटाइनको भनाई उदृत गर्दै पुरानै कुरा दोहोर्याएर नयाँ परिणाम खोज्नु पागलपन भएको टिप्पणी गरेका छन् ।
संसद पुनर्स्थापनापछि एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको समीक्षा नगरी सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण भएको भन्दै उनले सबैलाई आत्मसमीक्षा गर्न सुझाव दिएका छन् ।
“आइन्सटाइन भन्थे–पुरानै कुरा दोहोर्याउनु अनि नयाँ परिणाम खोज्नु पागलपन हो !” भट्टराईले लेखेका छन्, “संसद पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ ! सबैले आत्मसमीक्षा गर्ने कि ?”