बाबुरामले भने चाैधरीकाे विराेध गर्नुकाे कुनै तुक छैन !
काठमाडौँ – टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीको सपथलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । चौधरीको सपथले कानूनी राज्यको उपहास गरेकोसम्मका टिप्पणी भइरहेका छन् ।
चौधरीको सपथलाई लिएर समाज विभाजित बनिरहेका बेला नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भने उनले लिएको सपथको बचाउ गरेका छन् । भट्टराईले बिहीबार एक ट्वीट गर्दै चौधरीबारेको विवादलाई विडम्बनापूर्ण भनेका छन् ।
टीकापुरमा मान्छे मार्नु दुःखद् भए पनि शंकाकै भरमा निर्वाचित सांसदलाई शपथबाट वञ्चित गर्नु पञ्चायतकालमा रामराजालाई नगराएजस्तै हुने टिप्पणी बाबुरामको छ । साथै बाबुरामले चाैधरीकाे विराेध गर्नुकाे कुनै तुक नरहेकाे स्पष्ट पारेका छन् ।
रेशम चौधरीवारे विवाद विडम्वनापूर्ण१ टीकापुरमा मान्छे मर्नु दुःखद छ । तर त्यसमा रेशम र अरू २६ जनाको संलग्नता पुष्टी भएको छैन ! शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पंचायतकालमा रामराजालाई नगराए जस्तै हैन र ? कांग्रेस–कम्युनिष्टका त्यस्तै विद्रोह क्रान्ति हुने,थारूका चाहिं अपराध ?
‘टीकापुरमा मान्छे मर्नु दुःखद् छ। तर, त्यसमा रेशम र अरू २६ जनाको संलग्नता पुष्टि भएको छैन’, भट्टराईले ट्वीटरमा प्रश्न गरेका छन्, ‘शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पञ्चायतकालमा रामराजालाई नगराए जस्तै हैन र ?’
कांग्रेस र कम्युनिस्टका विगतका गतिविधितर्फ इंगित गर्दै भट्टराईले अगाडि थपेका छन्, ‘कांग्रेस–कम्युनिस्टका त्यस्तै विद्रोह क्रान्ति हुने, थारूका चाहिं अपराध ?
रेशम चौधरीवारे विवाद विडम्वनापूर्ण! टीकापुरमा मान्छे मर्नु दु:खद छ।तर त्यसमा रेशम र अरू २६ जनाको संलग्नता पुष्टी भएको छैन!शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पंचायतकालमा रामराजालाई नगराए जस्तै हैन र?कांग्रेस-कम्युनिष्टका त्यस्तै विद्रोह क्रान्ति हुने,थारूका चाहिं अपराध? pic.twitter.com/qxtPzRPCnN
— Baburam Bhattarai (@brb1954) January 3, 2019