बाबुराम भट्टराईलाई धक्का ,एकताबाट असन्तुष्ट नेताहरू नेकपामा प्रवेश गर्ने तयारी
काठमाडौँ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच भएको एकताबाट असन्तुष्ट नेताहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने तयारीमा लागेका छन् ।
एकतापछि डा. बाबुराम भट्टराईसँग असन्तुष्ट रहेका नयाँ शक्ति पार्टीका नेताहरू देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, पूर्वसभासद कल्पना धमला र ज्ञानेन्द्र कुमाल लगायतका नेताहरूले बुधबार छुट्टै भेला गरेका थिए ।
भेलामा एकता हुनुपूर्व पार्टी कमिटीमा छलफल नगरिएको भन्दै असन्तुष्ट नेताहरूले वैकल्पिक राजनीतिको भविष्यमाथि प्रश्न समेत उठाएका थिए ।
स्रोतका अनुसार पूर्वसभासद धमलासहितका नयाँ शक्तिका नेताहरुलाई स्वागत गर्ने तयारी छ । यता बुधबार अपराह्न नै सत्तारुढ नेकपाले पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम राखेको छ ।