बाबुरामको तर्क: एमसीसीका समर्थक र विरोधीहरू एउटै सरकारमा बस्न मिल्दैन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

बाबुरामको तर्क: एमसीसीका समर्थक र विरोधीहरू एउटै सरकारमा बस्न मिल्दैन



काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीका समर्थक र विरोधीहरू एउटै सरकारमा बस्न नहुने बताएका छन् । सरकारल तत्काल एमसीसी सम्झौता अनुमोदन गर्नका लागि तयारी गरिरहेका बेला डा. भट्टराईले यस्तो बताएका हुन् ।

मंगलबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो भएको भन्दै समर्तक र विरोधी एकै सरकारका सहयात्री हुन नसक्ने बताएका हुन् ।

उनले एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने विरोध गर्नेहरूले सरकार छोड्नुपर्ने बताएका छन् । उनले सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट कसैलाई नहुने समेत बताएका छन् ।

उनले लेखेका छन्. ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन ! सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन । भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो !’