बाबुरामको अपील: अर्कोलाई गाली गर्ने राष्ट्रवादी हैन, नेपाललाई माया गर्ने देशभक्त बनौं - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

बाबुरामको अपील: अर्कोलाई गाली गर्ने राष्ट्रवादी हैन, नेपाललाई माया गर्ने देशभक्त बनौं



काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गरेका छन्। उनले मुलुकलाई गाली गर्ने राष्ट्रभक्तिको कुनै महत्त्व नरहेको बताएका छन्।

आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी देशको विकास गर्नु अबको आवश्यकता भएको भट्टराईको दाबी छ। ‘अब एमसीसीबारे माथापच्ची गर्नुसट्टा कसरी आन्तरिक र बाह्य पुँजी र प्रविधि परिचालन गरेर दुई दशकसम्म दुई अंकको वृद्धिदर हासिल गर्ने र नेपाललाई तेस्रो विश्वबाट पहिलोमा पुर्‍याउने भन्ने विमर्श थाल्नु उपयुक्त हुनेछ,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन, आफ्नो देशलाई माया गर्ने देशभक्त बनौं।’

प्रतिनिधि सभाबाट अनुमोदित एमसीसी ठीक कि बेठीक भन्ने बहस जारी रहेका बेला भट्टराईको यस्तो भनाइ आएको हो।