हामीले खेल जितेका होइनौं, विस्वास जितेका हौँ : बाबर आजम - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

हामीले खेल जितेका होइनौं, विस्वास जितेका हौँ : बाबर आजम



एजेन्सी — टिममाथिको गहिरो विश्वास नै विश्वकपमा पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि प्राप्त गरेको जितको सबैभन्दा ठूलो आधार भएको बाबर आजमले बताएका छन् । एजबास्टनमा २४ वर्षीय ब्याट्सम्यानले निर्णायक १ सय १ रन बनाए ।

उनी अविजित रहे । त्यस प्रदर्शन मदतमा पाकिस्तान पहिले ब्याटिङ गरेर न्युजिल्यान्डले ६ विकेटमा बनाएको २ सय ३७ रनलाई उछिन्न सफल रह्यो ।

अन्तिम ओभरमा कप्तान सरफराज अहमदले विजयी रन प्रहार गरे । खेल सकिँदा पाकिस्तान ४ विकेट गुमाई २ सय ४१ रनको स्थितिमा थियो । ५ खेलमा ३ हारसहित खराब सुरुआत लिएको पाकिस्तानले त्यसबीच एक खेलमात्र जितेको थियो । त्यो जित इंग्ल्यान्डविरुद्ध थियो र एक खेलको नतिजा निस्केन । पछिल्लो आइतबार लर्ड्समा दक्षिण अफ्रिकालाई हराएर अहिले न्युजिल्यान्डमाथि प्राप्त जितले पाकिस्तानको सेमिफाइनल सम्भावना फेरि जीवन्त बनेको छ ।

आइतबार पाकिस्तानले अफगानिस्तानका रूपमा त्यस्तो टिमको सामना गर्नेछ, जसले अहिलेसम्म खेलेका सबै ७ खेल गुमाएको छ । पाकिस्तानको अन्तिम खेल बंगलादेशविरुद्ध छ । पाकिस्तान र बंगलादेश दुवैको समान ७ अंक छ । श्रीलंका पनि सेमिफाइनल समीकरणमा छ, १ खेल कम खेलेर १ अंकको दूरीमा छ । त्यसैले सन् १९९२ को विजेताको भाग्य अरू खेलको नतिजामा पनि भरपर्नेछ ।

‘विश्वास नै सबैभन्दा ठूलो आधार हो,’ आफ्नो दसौं एकदिवसीय शतक पूरा गरेका बाबरले भने, ‘अब हाम्रो के पनि विश्वास छ भने बाँकी दुई खेल पनि जित्न सक्छौं ।’ उनले १ सय २४ बल सामना गरेर ११ चौका प्रहार गरे । प्रतियोगिताको सुरुमा संघर्ष गरेको पाकिस्तानी खेलाडीमा आत्मविश्वास फर्केको बाबरले दाबी थियो । ‘हामीले खेल जितिरहेका थिएनौं तर हामी जितका के गर्नुपर्छ भनेर कुराकानी भने गरिरहेका हुन्थ्यौं । यो खासमा विश्वास नै हो ।’

अहिलेसम्म प्रतियोगिताको सेमिफाइनल पुग्ने एकमात्र टिम डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियामात्र छ । शीर्ष चार टिमले सेमिफाइनल तय गर्ने समीकरण रहेकोमा अहिले ती चार स्थान न्युजिल्यान्ड, भारत र इंग्ल्यान्डले ओगटिरहेका छन् । बाबरले न्युजिल्यान्डविरुद्धको खेलमा आफ्नो जिम्मेवारी अन्त्यसम्म ब्याटिङ जारी राख्नु रहेको पनि बताए । ‘खेल नसकिएसम्म मलाई ब्याटिङ गरिरहने जिम्मेवारी दिइएको थियो,’ बाबरले थपे ।

उनलाई मोहम्मद हफिज र ह्यारिस सोहेलले राम्रो साझेदारी दिए । यसले गर्दा पाकिस्तान चर्को दबाबमा आउनु परेन । उनले आफ्नो उद्देश्य विश्वकै सबैभन्दा राम्रो ब्याट्सम्यान हुने रहेको सुनाए । उनको भनाइ थियो, ‘आज मैले खेलेको इनिङ्स मेरो खेलजीवनकै एक उत्कृष्ट प्रदर्शन हो । मेरो उद्देश्य जहिले पनि विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुने छ ।’ टान्टी–२० क्रिकेटमा उनलाई अब्बल दर्जाका ब्याट्सम्यान मानिन्छ ।