अपराधिक पृष्ठभूमिका बबन सिंह नेकपा ओली समुहमा प्रवेश - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

अपराधिक पृष्ठभूमिका बबन सिंह नेकपा ओली समुहमा प्रवेश



रौतहट- अपराधका नाइके भनेर चिनिने बबन सिंह नेकपा ओली समुहमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका केन्दीय सदस्य समेत रहेका सिंहलाई ओली समूहमा नेता प्रभु शाहले पार्टी प्रवेश गराएका छन् ।

सहरी विकास मन्त्री समेत रहेका प्रभु शाह लगायतका ओली समुहका नेताहरुले माला र टिका लगाएर सो पार्टीमा स्वागत गरेका हुन् ।

बिहिवार रौतहटको गरुडामा आयोजित कार्यक्रममा उनी नेकपा ओली समुहमा प्रवेश गरेका हुन् । उनले ओली समुह प्रवेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओली असली नेता भएको बताए ।

उनी २०६४ सालको संविधान सभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनी विजयी भएका थिए । सो अवसरमा उनले जसपाका नेताहरु राजनीतिक व्यापारी भएको आरोप लगाए ।

गौर ह’त्याका’ण्डसँगै विभिन्न अपराधिक घटनामा उनको नाम मुछिएको थियो । संविधानसभाकाे निर्वाचनमा उनले भूमिगत भइ चुनावी प्रचार प्रसार गरेका थिए ।