बाबा रामपाललाई जन्मकैद - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बाबा रामपाललाई जन्मकैद



नयाँ दिल्ली । हरियाणको एक स्थानीय अदालतले बाबा रामपाललाई पाँच जनाको हत्या आरोपमा जन्मकैदको सजाय सुनाएको छ ।

मंगलबार हिसारका अतिरिक्त जिल्ला न्यायाधीश डीआर चालियाको इजलासले रामपाल र उनका अनुयायीहरुलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

हिसारको बरवालास्थित रामपालको सतलोक आश्रममा १८ नोभेम्बर, २०१४ मा चार महिला र एक बच्चाको शव भेटिएको थियो ।

पाँचै जनाको हत्या गरिएको अनुसन्धानमा देखिएको थियो । अदालतले रामपालसहित उनका २७ जना अनुयायी हत्यामा संलग्न रहेको ठहर गरेको छ ।

सन् २०१४ मा रामपाललाई पक्राउ गरिएको थियो । पक्राउ गर्दा करिब १५ हजार अनुवायीले अवरोध गरेका थिए । हिंसा भड्किदा पाँच जनाको मृत्यु भएको थियो । एजेन्सीहरु