बाबा रामदेवले भने दुई भन्दा बढी बच्चा हुनेलाई भोट हाल्न र सरकारी जागिर दिनु हुदैन - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

बाबा रामदेवले भने दुई भन्दा बढी बच्चा हुनेलाई भोट हाल्न र सरकारी जागिर दिनु हुदैन



दिल्ली । भारतका योग गुरु रामदेवले दुई जना भन्दा बढी बच्चा हुनेलाई मतदानबाट बञ्चित गर्नुपर्ने प्रस्ताव गरेका छन् । यसैगरी चुनावमा हिस्सा लिने र सरकारी अस्पताल वा विद्यालयको प्रयोगको अनुमति पनि दिन नहुने जनाएका छन् ।

सरकारी योजनाबाट लाभ लिन बञ्चित गर्नुपर्ने र सरकारी जागिर पनि दिनु नहुने समेत उनले जनाएका छन् । यसो भएमा देशको जनसंख्या आफैं कम हुने उनको तर्क रहेको छ ।

बिहीबार नयाँ दिल्लीको एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले अधिक जनसंख्या भारतमा समस्या भइरहेको जनाएका थिए ।

एक कार्यक्रममा बोल्दै रामदेवले अहिले राजनीतिक असहिष्णुता भारतमा चरम रुपमा रहेको जनाउँदै आफूले केही समयदेखि राजनीतिलाई आफ्नो जीवनबाट मेटिदिएको समेत बताएका छन् । उनले यसपालिको लोकसभा निर्वाचनमा हारजीत जसको भएपनि जबर्जस्त खालको हुने बताएका छन् । सत्तापक्ष र विपक्ष दुवैमा धुरन्धर मानिस मैदानमा रहेको समेत उनले जनाएका छन् । (एजेन्सी)