आयोगले दलहरुलाई कानुनी प्रावधान बारे जानकारी गराउँदै - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

आयोगले दलहरुलाई कानुनी प्रावधान बारे जानकारी गराउँदै



आश्विन २१,  निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची निर्माणमा रहेका कानुनी प्रावधान बारे आज राजनीतिक दललाई जानकारी गराउने भएको छ ।

समानुपातिक तर्फको बन्द सूची बुझाउन एक साता मात्र बाँकी रहँदा आयोगले त्यसको प्रक्रिया र कानुनी अवस्थाबारे दलका प्रतिनिधिलाई जानकारी गराउन लागेको हो ।

बिहान ९ बजे राजधानीको एक होटलमा हुने छलफलमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाईएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचनपछि समानुपातिकतर्फको मनोनयनमा दलहरु अन्यौलमा नपरुन भन्ने उद्देश्यले सो छलफलको आयोजना गरिएको प्रवक्ता ढकालले बताउनुभयो । आयोगले समानुपातिक तर्फको बन्दसूची बुझाउन आगामी २९ गतेसम्मको समयसीमा दिएको छ

यसैबीच आयोगले आसन्न निर्वाचनमा सहभागी हुने कर्मचारीहरुका लागि आजबाट केन्द्रीय प्रशिक्षक प्रशिक्षण तालिम सुरु गर्दैछ ।
निर्वाचन सामाग्री व्यवस्थापन लगायतका बिषय सो तालिममा समावेश हुने आयोगले जनाएको छ । केन्द्रीय स्तरमा आज उप–सचिवस्तरका कर्मचारीलाई प्रशिक्षण प्रदान गर्ने र उनीहरुले क्षेत्र तथा जिल्ला स्तरमा अर्को प्रशिक्षण सञ्चालन गर्ने आयोगले जनाएको छ । सो तालिम आयोग परिषरमा दिउँसो सुरु हुने प्रवक्ता ढकालले बताउनुभयो ।