आयोगले दलहरुलाई कानुनी प्रावधान बारे जानकारी गराउँदै - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

आयोगले दलहरुलाई कानुनी प्रावधान बारे जानकारी गराउँदै



आश्विन २१,  निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची निर्माणमा रहेका कानुनी प्रावधान बारे आज राजनीतिक दललाई जानकारी गराउने भएको छ ।

समानुपातिक तर्फको बन्द सूची बुझाउन एक साता मात्र बाँकी रहँदा आयोगले त्यसको प्रक्रिया र कानुनी अवस्थाबारे दलका प्रतिनिधिलाई जानकारी गराउन लागेको हो ।

बिहान ९ बजे राजधानीको एक होटलमा हुने छलफलमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाईएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचनपछि समानुपातिकतर्फको मनोनयनमा दलहरु अन्यौलमा नपरुन भन्ने उद्देश्यले सो छलफलको आयोजना गरिएको प्रवक्ता ढकालले बताउनुभयो । आयोगले समानुपातिक तर्फको बन्दसूची बुझाउन आगामी २९ गतेसम्मको समयसीमा दिएको छ

यसैबीच आयोगले आसन्न निर्वाचनमा सहभागी हुने कर्मचारीहरुका लागि आजबाट केन्द्रीय प्रशिक्षक प्रशिक्षण तालिम सुरु गर्दैछ ।
निर्वाचन सामाग्री व्यवस्थापन लगायतका बिषय सो तालिममा समावेश हुने आयोगले जनाएको छ । केन्द्रीय स्तरमा आज उप–सचिवस्तरका कर्मचारीलाई प्रशिक्षण प्रदान गर्ने र उनीहरुले क्षेत्र तथा जिल्ला स्तरमा अर्को प्रशिक्षण सञ्चालन गर्ने आयोगले जनाएको छ । सो तालिम आयोग परिषरमा दिउँसो सुरु हुने प्रवक्ता ढकालले बताउनुभयो ।