डा.अयोधीप्रसादलाई ओली र प्रचण्डको दवाब - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

डा.अयोधीप्रसादलाई ओली र प्रचण्डको दवाब



काठमाडौं-

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् ।

बिहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका दुई अध्यक्षले मध्याह्न निर्वाचन आयोगका प्रमुख आयुक्त डा.यादवलाई लाजिम्पाटस्थित दाहाल निवासमा बोलाएर तत्काल निर्वाचन परिणाम पेश गर्न दबाब दिएको बुझिएको छ ।

हालै दुई चरणमा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको भएपनि समानुपातिकतर्फको परिणाम भने सार्वजनिक गरिएको छैन ।

परिणाम सार्वजनिक नगर्दा सरकार गठनलगायतका विषय रोकिएका छन् भने परिणाम सार्वजनिक गर्न राष्ट्रियसभा गठन अध्यादेश राष्ट्रपति कार्यालयमा अड्केको छ ।

दुई अध्यक्षसँगको भेटमा प्रमुख आयुक्त डा.यादवले बढीमा एक हप्ताभित्र प्रतिनिधि र प्रदेशसभा दुबैको रिपोर्ट बुझाउने बताएका थिए ।