अवसरवादी महासेठ: पत्नीलाई ओली भेलामा पठाए, आफू प्रचण्ड-नेपाल भेलामा - Himal Post Himal Post
  • १० बैशाख २०८२, बुधबार
  •      Wed Apr 23 2025
Logo

अवसरवादी महासेठ: पत्नीलाई ओली भेलामा पठाए, आफू प्रचण्ड-नेपाल भेलामा



काठमाडौं- नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी रहिरहँदा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ ।

यस्तैमा प्रतिनिधि सभामा नेकपाका सांसद रहेका रघुवीर महासेठ र जुली महतो दम्पती दुई गुटमा देखिएका छन्न्। महासेठ २०७४ सालको निर्वाचनमा धनुषा-४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन्।

स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए। ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए। पछि उनलाई हटाइएको थियो।

नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा भएको केपी शर्मा ओली समूहको भेलामा देखिएकी थिइन् ।

महतो बालुवाटार प्रधानमन्त्री ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा पुगेकी थिइन्। उनी सोमबार बालुवाटारमा भएको ओली पक्षीय सांसदहरूको भेलामा पनि गएकी थिइन्।