एभर्टनले भित्र्यायो मिडफिल्डर फिलीप - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

एभर्टनले भित्र्यायो मिडफिल्डर फिलीप



एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले युवा डिफेन्सिभ मिडफिल्डर जिन फिलिप वामिनलाई क्लबमा भित्राएको छ ।

जर्मन क्लब माइन्जका फिलिपलाई एभर्टनले ५ वर्षको सम्झौता गरेसँगै २५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

आइभरी कोष्टका २३ वर्षीय फिलिपले सन् २०१७ जुन ४ मा नेदरल्यान्ड्स को विरुद्धमा पहिलो डेब्यु गरेका थिए । उनी यू–२१ को लागि फ्रान्सबाट पनि खेल्दै आएका थिए ।

उनले माइन्जका लागि ८६ खेलमा ३ गोल गरेका छन् ।