अटो रिक्सा दुर्घटना हुँदा एक बृद्धाको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८२, शनिबार
  •      Sat Apr 26 2025
Logo

अटो रिक्सा दुर्घटना हुँदा एक बृद्धाको मृत्यु



सुर्खेत– सुर्खेतको बराहताल गाउँपालिकामा अटो रिक्सा दुर्घटना हुँदा एक बृद्धाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ११ः ३० बजे बड्डिचौरबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे१ह १९३७ नम्बरको अटोरिक्सा गाउँपालिकाको वडा नं. ८ स्थित हुर्के भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका वीरेन्द्रनगर नपा–१ निवासी ७१ वर्षीया गंगा देवि रामजालीको क्षेत्रीय अस्पताल कालागाँउमा उपचारका क्रममा निधन भएको हो । घटनामा परी चन्द्रा रोकामगर र शर्मिला रामजाली सामान्य घाइते भएका छन् ।

पञ्चपुरी नगरपालिका वडा नं. ८ घरभएका र हाल वीरेन्द्रनगर १ बस्ने अटोचालक भीमबहादुर रामजालीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीकाे भनाइ छ ।