अस्ट्रेलियाका प्रधानमन्त्रीमाथि अण्डा आक्रमण - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

अस्ट्रेलियाका प्रधानमन्त्रीमाथि अण्डा आक्रमण



काठमाडौँ -अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई एक जना प्रदर्शनकारीले अण्डा प्रहार गरेका छन् । राष्ट्रिय चुनावको क्याम्पेनका क्रममा उनीमाथि अण्डा प्रहार गरिएको हो । अण्डा प्रधानमन्त्रीको टाउकामा ठोक्किए पनि नफुटेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यो घटनाका क्रममा एक जना बृद्धालाई पनि धक्का लागेको थियो । फुटेजमा देखिएको दृश्यका आधारमा २५ वर्षिया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । अण्डा फाल्ने काम ‘कायरतापूर्ण’ भएको प्रधानमन्त्रीले टिप्पणी गरेका छन् ।

सो घटना स्थानीय महिला संघको एउटा कार्यक्रममा अल्बुरी भन्ने स्थानमा भएको थियो । सो स्थान क्यानबेराबाट ३३० किमी दक्षिणपश्चिममा पर्छ । घटनामा कोही पनि घाइते भने भएनन् ।