अस्ट्रेलियन प्रधानमन्त्रीले एकाएक रद्द गरे भारत भ्रमण: कारण यस्तो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अस्ट्रेलियन प्रधानमन्त्रीले एकाएक रद्द गरे भारत भ्रमण: कारण यस्तो



अस्ट्रेलिया- अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले भारत भ्रमण रद्द भएको छ ।

अस्ट्रेलियामा संकट बढ्दै गएपछि प्रधानमन्त्री आफैले भ्रमण रद्द भएको घोषणा गरेका हुन् ।

विनाशकारी डढेलोको कारण भ्रमण रद्द गरिएको जनाइएको छ । लामो समयदेखि अष्ट्रेलियामा विनाशकारी आगलागीको घटनाले जनजीवन प्रभावित वनाएक छ ।

देशमा बढेको सङ्कटकै कारण उनले पूर्वनिर्धारित भारत भ्रमणको तालिका यही शुक्रबार रद्द गरेका हुन् ।

मोरिसन यही जनवरी १३ देखि १६ सम्मका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा भारत भ्रमणको तयारी गरिरहेका थिए ।

यस्तै जनवरी १६ देखि १७ सम्मका लागि जापान भ्रमणको समेत तयारी गरेका थिए ।

जापान भ्रमणको बारेमा भने उनले केही उल्लेख गरेका छैनन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स क्षेत्रमा आगलागीबाट ठूलो क्षति भएको छ ।

पछिल्लो समय देश आगलागीबाट आक्रान्त बनेको बेला उनि विदेश भ्रमण गएकोले निकै आलोचना पनि भएको थियो भने फर्केलगत्तै उनले माफी समेत मागेका थिए ।