अस्ट्रेलियाको पैसामा यस्तो मिस्टेक भेटियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अस्ट्रेलियाको पैसामा यस्तो मिस्टेक भेटियो



अस्ट्रेलियामा स्पेलिङ मिस्टेक भएको नोट जारी भएको सार्वजनिक भएको छ ।

अघिल्लो वर्षको अक्टोबर महिनाबाट प्रचलनमा आएको ५० अष्ट्रेलियन डलर बराबरका दशौं लाख नोटमा स्पेलिङ मिस्टेक भएको भन्ने यतिबेला आएर बल्ला थाहा भएको हो ।

अस्ट्रेलियाले मुलुककै पहिलो महिला सांसद् एडिथ कोवानको सम्मानमा नोट जारी गरेको थियो । ती नोटमा responsibility हुनुपर्नेमा responsibilty लेखिएको पाइएको हो । ५० डलरका ती नोटमा तीन स्थानमा responsibilty शब्दको स्पेलिङ मिस्टेक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

गत अक्टोबरमा अस्ट्रेलियाको केन्द्रिय बैंक रोयल बैंक अफ अस्ट्रेलियाले ४ करोड ६० लाख भन्दा धेरै नोट जारी गरेको थियो ।
अस्ट्रेलियामा ५० डलरका नोट सबैभन्दा धेरै प्रयोगमा आउने अस्ट्रेलियाको केन्द्रिय बैंकले जनाएको छ ।

स्पेलिङ मिस्टेक भएका नोटमा सन् १९२१ देखि सन् १९२४ सम्म अस्ट्रेलियाको संसद्मा सदस्य रहेकी एडिथ कोवानको पहिलो सम्बोधन छापिएको छ । सोही सम्बोधनमा कोवानले प्रयोग गरेको responsibility स्पेलिङ मिस्टेक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रेलियाको केन्द्रिय बैंकले नोटमा स्पेलिङ मिस्टेक भएकोमा माफी माग्दै आइन्दा यस्तो त्रुटि नदोहोरिने बाचा गरेको छ । यद्यपि बैंकले स्पेलिङ मिस्टेक भएकै कारण ती नोटलाई बजारबाट फिर्ता गर्ने/नगर्नेमा भने केही स्पष्ट पारेको छैन ।