एमसीसी पास गराउन अष्ट्रेलिया र बेलायतका राजदूतहरूको दौडधूप तीव्र - Himal Post Himal Post
  • २३ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 8 2024
Logo

एमसीसी पास गराउन अष्ट्रेलिया र बेलायतका राजदूतहरूको दौडधूप तीव्र



अमेरिकाले एमसीसी नेपालकाे संसदबाट अनुमोदन गराउनका लागि आफ्नो नेपालस्थित राजदूतवास र एमसीए नेपालको कार्यालयलाई हाल सक्रिय हुनबाट राेक लगाएको जानकारी हुन आएकाे छ । यसकाे विकल्पमा अमेरिकाको मुख्यालय र आफूनिकटका राजदूतावासलाई परिचालन गर्न थालेको छ ।

हिजाेआज नेपालस्थिति विभिन्न देशका राजदूतलाई परिचालन गरी एमसीसीको पक्षमा माहोल बनाउन र नेताहरु फकाउन सक्रिय रहेकाे घटनाक्रमहरूबाट देखिएको छ ।

( उर्जामन्त्री पम्फा भुसाल र  अष्ट्रेलियाकी राजदूत फेलिसिटी जान भोल्ट भेटघाट गर्दै)अमेरिकाले आफ्नो रणनीतिक साझेदार देशका राजदूतहरूलाई परिचालन गरिरहेको कूटनीतिक स्रोतले उल्लेख गरेकाे छ ।

काठमाडौंमा पछिल्ला दिनमा अष्ट्रेलियाकी राजदूत फेलिसिटी जान भोल्टले माओवादी केन्द्रका मन्त्रीहरुलाई भेटघाट गरिहेकी छिन् । पछिल्लोपटक २०७८ माघ १७ गते राजदूत भोल्टले उर्जामन्त्री पम्फा भुसाललाई भेटेकी थिइन् ।

मन्त्री भुसालसँग भेट्नुभन्दा अघि राजदूत भोल्टले २०७८ पुस ३० गते गृहमन्त्री बालकृष्ण खाँडसँग पनि भेटवार्ता गरेकी थिइन् । त्यसैगरी, अर्थमन्त्री जनार्दन शर्मा र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग पनि भेटवार्ता भएको थियो ।

( गृहमन्त्री बालकृष्ण खाँडसँग भेटघाट गर्दै अष्ट्रेलियाकी राजदूत फेलिसिटी जान भोल्ट)यी सबै भेटघाटको अर्थ चाहिं

एमसीसीको पक्षमा लविङ गर्नु रहेको भेटघाट भएका मन्त्री र मन्त्री निकटहरू बताउछन् । अप्रत्यक्षमा भेटघाटमा मन्त्रीहरुलाई एमसीसी लिँदा हुन्छ भन्ने सुझाव आउने गरेको एक मन्त्रीले जानकारी दिए ।

अष्ट्रेलियाकी राजदूत भोल्टजस्तै बेलायतकी राजदूतको भूमिका पनि अहिले एमसीसीको पक्षमा माहोल बनाउन सक्रिय रहेको परराष्ट्र स्रोतको दाबी छ । राजदूत निकोल पोलिटको भूमिका पनि भोल्टजस्तै भएको बताइन्छ ।

 अमेरिकाको रणनीतिक साझेदारको रुपमा अष्ट्रेलिया र बेलायत अमेरिको सैन्य गठबन्धन क्वाड र पछिल्लापटक गठन भएको ‘ओकस’ मा सदस्य रहेका छन् ।

अमेरिकी राजदतूत सक्रिय हुँदा एमसीसीका विषयमा झनै विवाद बढ्ने भएकोले आफ्ना रणनीति साझेदार मुलुकका राजदूतहरूलाई अमेरिकाले सक्रिय बनाएको भनेर कूटनीतिक क्षेत्रमा चर्चा भइहेको छ ।

 कूटनीतिक स्राेत भन्छ, अष्ट्रेलिया र वेलायतका नेपालस्थित राजदूतलाई पनि अमेरिकाले नेपालमा एमसीसी सदनवाट अनुमोदनका लागि लविङमा परिचालन गरिरहेको छ । अमेरिका, अष्ट्रेलिया र वेलायत सन् २०२१ सेप्टेम्बर यता छुट्टै त्रिदेशी रणनीतिक गठबन्धन (ओकस) मा आवद्ध छन् ।

(संयुक्त भ्रमण : अमेरिकी राजदूत ¥यान्डी बेरी, अष्ट्रेलियाकी राजदूत भोल्ट र बेलायती राजदूत पोलिटले रारा तथा मुगुमा)

सैन्य सम्झौता गरी गत सेक्टेम्वर १५ मा तीन देशले रणनीतिक गठबन्धन निर्माण गरेका थिए । त्यसको तीन महिना वित्न नपाउँदै नेपालमा पनि ती तीन देशका राजदूतहरुको गठबन्धन टाेली नेपालकाे मुगु भ्रमणमा निस्केका थिए ।

हिजाेआज यी देशका राजदूतहरु बेलाबेला सँगै (लञ्च, डिनर)खानपान गर्ने, आ–आफ्ना देशका रणनीतिक योजनामा केन्द्रित रहेर सामुहिक छलफल गर्ने गरेका छन् ।


  एकअर्काको रणनीतिक योजनामा सहयोग गर्ने र सँगसँगै घुम्नेसम्मका योजना बनाइरहेको देखिन्छ । यी तीन देशका राजदूतहरुले २०७८ कात्तिक अन्तिम साता रारा लगायत मुगुका विभिन्न स्थानको भ्रमण समेत गरेका थिए ।


नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरी, अष्ट्रेलियाकी राजदूत भोल्ट र बेलायती राजदूत पोलिटले रारा तथा मुगुका विभिन्न स्थानमा सँगसँगै भ्रमण गर्ने क्रममा स्थानीयहरुलाई सोलार प्यानल संयुक्त रुपमा हस्तान्तरण पनि गरेका थिए ।

ती देशका सरकारले ‘ओकस’ गठन गरेलत्तगै काठमाडौंमा उनीहरुका उठबस पनि बाक्लाे रूपमा हुन थालेको थियो ।  त्यही अनुुसार उनीहरु अहिले एमसीसीको पक्षमा माहोलन बनाउन सक्रिय रहेका परराष्ट्र स्राेत बताउछ ।