अष्ट्रेलिया,अमेरीका,क्यानडा लगायतका देशमा पठाउदै आएको ड्रीम्स कन्सल्टेन्सी अब धनगढीमा पनि - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

अष्ट्रेलिया,अमेरीका,क्यानडा लगायतका देशमा पठाउदै आएको ड्रीम्स कन्सल्टेन्सी अब धनगढीमा पनि



हेमन्त न्यौपाने / धनगढी, कैलाली ।
अध्ययनका लागि अष्ट्रेलिया, अमेरीका, क्यानडा लगायतका थुप्रै देशहरुमा नेपाली विद्यार्थीहरु पठाउदै आएको ड्रीम्स कन्सल्टेन्सीले अब धनगढीमा समेत सेवा विस्तार गर्ने भएको छ । पछिल्लो पुस्तामा अध्ययनका लागि विदेश जाने र वैदेशिक डिग्री लिने चलन प्राय सबै युवाको एउटा रहर जस्तै देखिन थालेको छ । अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीका लागि अब काठमाडौँ पुग्नुपर्ने बाध्यता हटदो क्रममा छ । देशका विभिन्न शहरहरुमा थुप्रै कन्सलटेन्सीहरु स्थापित भैसकेका छन र राजधानी केन्द्रीत प्रणाली अब बिस्तारै हट्दो क्रममा रहेको पाइन्छ । यसै क्रममा प्रदेश नम्बर सातको राजधानी धनगढीमा पनि पहिलो पटक Dream Education कन्सल्टेन्सीले धनगढीमा सेवा सुरु गरेको छ ।

बिगत लामो समय देखि वैदेशिक अध्ययनमा जान चाहाने विद्यार्थीलाई मध्यनजर गर्दै सेवा दिँदै आईरहेर आफुलाई एउटा सबल सस्थाका रुपमा उभाउदै आएको ड्रीम्स कन्सल्टेन्सीले अब धनगढीमा पनि सेवा बिस्तार गरेको छ ।

जापानका १०० भन्दा बढि स्कुल संग सोझै सम्बन्ध भएको Australia America, Newsland, Canada र युरोपका विभिन्न्न University हरु संग सहकार्य गर्दै आइरहेको ड्रीम्स कन्सल्टेन्सीले अब धनगढीबाट पनि सेवा दिने भएको हो । जसबाट प्रदेश नम्बर सातका विद्यार्थीहरुले लाभ लिन सक्ने भएका छन । जापानीज भाषा, Ielts, Gre जस्ता कोर्स गर्न र विद्यार्थी भिजाका लागि काठमाडौं नै धाउन पर्ने समस्या हटाउन र भिजा सम्बन्धि सम्पुर्ण काम यहिबाट गरेर विद्यार्थीलाई सहज बनाउने उद्देश्यका साथ धनगढी आएको
ड्रीम्स कन्सल्टेन्सी धनगढीका प्रबन्ध निर्देशक हेमन्त रेग्मीले बताउनु भयो ।

भिजा सम्बन्धि राजदुतावास अन्तर्वाता टिप्स, Documentation सम्बन्धि सम्पुर्ण कगजातहरु, काठमाडौबाट नै आएको जापान तथा बिदेशकै डिग्री भएका अनुभबी शिक्षकहरुको टिम, कलेज र University हरु सम्बन्धि जानकारी, जापानका कलेजका प्रतिनिधि सोझै अन्तर्वातका लागि धनगढीमै आउने र अत्याधिक भिजा success rate Dream का मुख्य आकर्षण रहेको र Dream ले विद्यार्थी र अन्तराष्ट्रिय कलेज तथा University बिचमा एउटा पुलको भुमिका निभाउदै आएको पनि Dream का प्रबन्ध निर्देशक रेग्मिले जानकारी गराउनुभयो । धनगढीको रातोपुल स्थित रहेको Dreamले औपचारिक रुपमा भने माघ २६ देखि काम सुरु गर्ने प्रबन्ध निर्देशक रेग्मिले जानकारी गराउनुभयो ।