अष्ट्रेलयामा नेपाली युवाले यसरी कुटे वृद्धलाई(भिडियो सहित) - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अष्ट्रेलयामा नेपाली युवाले यसरी कुटे वृद्धलाई(भिडियो सहित)



काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीले वृद्धाश्रममै वृद्धमाथि कुटपिट गरेको भिडियो भाइरल बनेको छ । त्यति मात्र होइन, नेपाली समुदायकै बदनाम भएको छ । सिड्नी स्थित बुपा एज्ड केयर सिफोर्डमा ८२ वर्षीय वृद्धलाई जुत्तैजुत्ताले हानेको दृश्य बाहिरिएको हो ।

उनलाई त्यस्तो दुव्र्यवहार गर्ने ३५ ववर्षीय युवा हुन् प्रकाश पौडेल । वृद्धले परिवारका सदस्यलाई आफूमाथि दुर्व्यवहार भइरहेको जानकारी दिएलगत्तै परिवारका सदस्यले कोठामा भएको सिसिटिभी फुटेजमा हर्कत देखिएको थियो ।

पीडितकी छोरी आइडा सिलिनले बुवामाथिको दुर्व्यवहारको घटनाले आफूलाई विक्षिप्त बनाएको बताइन् । अष्ट्रेलयाको प्रहरीले बृद्धमाथि गरिएको कुटपिट र दुर्व्यवहार आपत्तिजनक भएको बताएको छ । पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

https://youtu.be/c2bXmKupf5Q