अस्ट्रेलियामा धुम मच्चाउन आउदैछन् यी कलाकार - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

अस्ट्रेलियामा धुम मच्चाउन आउदैछन् यी कलाकार



अस्ट्रेलिया ।हिन्दु नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा अस्ट्रेलियामा भव्य रूपमा तीजको कार्यक्रमको आयोजना गरिने भएको छ ।

यही अगष्ट १८ तारिखका दिन अस्ट्रेलियाको सिड्नी स्थित एसफिल्ड पार्कमा आयोजना हुने बृहत् तीज कार्यक्रममा प्रवेश शुल्क नलाग्ने आयोजकले बताएका छन् ।

नेप्लिज स्क्वाड इन्टरटेनमेन्ट, बाबा एजुकेसन कन्सल्टेन्सी तथा आरकेएस अस्ट्रेलियाको प्रस्तुतिमा हुन गइरहेको कार्यक्रममा नेपाली लोक दाेहाेरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा, त्यसै गरी लोक दाेहाेरी क्षेत्रका चर्चित गायिका देवी घर्ती मगर, गायक सन्तु थापा, लोक दाेहाेरी क्षेत्रकी  गायिका मञ्जु पौडेल,  मोडेल तथा डान्सर एवम् नृत्य निर्देशक विजय थापा लगायत अन्य कलाकारहरूको धमाकेदार प्रस्तुति रहने आयोजक टिमले जनाएको छ ।

अस्ट्रेलियाको विभिन्न प्रमुख ठाउँहरूमा कार्यक्रम भव्यताको साथ प्रस्तुत हुने  कार्यक्रम संयोजक वीरेन्द्र दीप मल्लले बताएका छन् ।