२००१ मा चीनमै भेटिएको थियो कोरोना भाइरस: औषधि तयार हुँदै - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

२००१ मा चीनमै भेटिएको थियो कोरोना भाइरस: औषधि तयार हुँदै



एजेन्सी- चीनको उहान क्षेत्रलाई आक्रान्त बनाएको कोरोना भाइरस नियन्त्रण गर्न खोपको आविष्कार गर्ने काममा वैज्ञानिकहरू सफलताको नजिक पुगेका छन्।

गार्जियन दैनिकको अन्तर्राष्ट्रिय संस्करणले जानकारी गराएअनुसार खोपका लागि अनुसन्धानकर्ताहरूको दौड जारी छ।

कम्तीमा तीन फर्मासुटिकल कम्पनी र विश्वका अनुसन्धानकर्ताहरू प्रभावकारी खोपको आविष्कारमा लागेका छन्।

अ‍ेमिरिकाको मेरिल्यान्डस्थित नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसन्धानकर्ताले व्यक्तिको शरीरमै कोरोना भाइरसको परजीवीविरुद्ध लड्ने क्षमता बढाउने खोप पहिला नै आविष्कार गरिसकेको पनि गार्जियनले उल्लेख गरेको छ भनेर आजको नेपाल समाचारपत्रले खबर छापेको छ।

१६ हप्ताभित्र खोप आविष्कार गरिसक्ने लक्ष्यसाथ थालिएको यस कार्यका लागि क्विन्सल्यान्ड विश्वविद्यालयलगायतसँगको सहकार्य रहनेछ।

‘यसैबीच अन्य संस्थाले पनि खोपको तयारी गरेको जनाएका छन्, तर दौड कसले जित्ने हो, प्रतीक्षाको विषय बनेको छ,’ गार्जियनले लेखेको छ।

अनुसुन्धानकर्ताले सन् २००१ मा चीनबाटै सुरु भएको कोरोना भाइरस अहिले उहानमा देखिएको भाइरस समान रहेको जनाएका छन्।