अष्ट्रेलियाको नाटकीय जित - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अष्ट्रेलियाको नाटकीय जित



एजेन्सी । अष्ट्रेलियाले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

बिहिबार भएको खेलमा वेष्ट इण्डिजमाथि १५ रनको रोमान्चक जित निकाल्दै अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको हो ।

नटिङघममा अष्ट्रेलियाले दिएको २८९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो ।

वेष्ट इण्डिजका साई होप र कप्तान जासन होल्डरले शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । होपले ६८ रनको योगदान दिंदा होल्डरले ५१ रन बनाए । निकोलस पुरनले ४० तथा क्रिस गेल र शिम्रोन हिटमायरले २१/२१ रन बनाए ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ५ विकेट लिए । यस्तै पाट कुमिन्सले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर अलआउट हुँदै २८८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको अष्ट्रेलियाको सम्मानजनक स्कोरमा नाथन कल्टर नाइलले ४ छक्का र ८ चौकाको मद्दतले ९२ रनको अर्धशतकीय खेले । यस्तै स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस बाहेक अष्ट्रेलियाका एलेक्स क्यारीले ४५, मार्कस स्टोइनेस १९ तथा उस्मान ख्वाजाले १३ रनको योगदान गरे । वेष्ट इण्डिजका कार्लोस ब्य्रेथवेटले ३ विकेट हात पारे । यस्तै ओसाने थोमस, शेल्डन कट्रेल र आन्द्रे रसेलले समान २/२ विकेट हात पारे ।

जितसंगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । यसअघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो ।

वेष्ट इण्डिजको यो पहिलो हार हो । वेष्ट इण्डिजले पहिलो खेलमा पाकिस्तानलाइ ७ विकेटले नै हराएको थियो । वेष्ट इण्डिजको २ खेलबाट २ अंक रहेको छ ।