अष्ट्रेलियाको मध्यम लक्ष्य : नाथन र स्मिथको अर्धशतक - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अष्ट्रेलियाको मध्यम लक्ष्य : नाथन र स्मिथको अर्धशतक



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ ।

नटिङघममा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर अलआउट हुँदै २८८ रन बनायो ।

ट्रेण्ड ब्रिज स्टेडियममा आज दुवै टोली लगातार दोस्रो जितको खोजीमा रहेका छन् । पहिलो खेल जित्दै सुखद सुरुवात गरेका अष्ट्रेलिया र वेष्ट इण्डिज दोस्रो खेलमा पनि अंक जोड्न चाहन्छ ।

पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । वेष्ट इण्डिजले पाकिस्तानमाथि ७ विकेटको शानदार जित निकालेको थियो ।