अष्ट्रेलियाले चार रनले हरायो भारतलाई ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अष्ट्रेलियाले चार रनले हरायो भारतलाई !



ब्रिसबेन । अष्ट्रेलियाले तीन खेलको सिरिज अन्तर्गत पहिलो टी–२० मा भारतलाई चार रनले हराएको छ ।

अष्ट्रेलियाले टी–२० फर्मेटमा यो वषयमा घरेलु मैदानमा जितेको यो पहिलो खेल हो । यसअघि गत फेबु्रअरीमा इंग्याण्डलाई सात विकेटले हराएको थियो ।

आजको खेलमा भने वर्षा भएपछि ओभर घटाएर १७ ओभरको खेल भएको थियो । अष्ट्रृलियका तर्फबाट ग्लेन म्याक्सवेलले २४ बलमा चार छक्काको मद्दतले ४६ रन बनाएका थिए । भारतका लागि शिखर धवनले ४२ बलमा १० चौका र दुई छक्का हान्दै ७६ रन बनाएका थिए ।

टस जितेर बलिङ रोजेको भारतको सामना गर्दै अष्ट्रेलियाले १७ ओभरमा चार विकेट गुमाउँदै १५८ रन बनाउन सफल भएको थियो । डकवर्थ लुईस नियमका कारण भारतले जित हासिल गर्न १७ ओभरमा १७४ रनको लक्ष्य पाइएको थियो । तर टीम इण्डियाले १७ ओभरमा सात विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो ।

वर्षाका कारण एक घण्टा खेल अवरुद्ध भएको थियो । अष्ट्रेलियाका खेलाडी १७ औं ओभरको पहिलो बलको सामना गर्दा पानी परेको थियो । दोश्रोपटक खेल शुरु हुँदा खेललाई १७–१७ ओभरमा सीमित गरिएको थियो ।