टिम अस्ट्रेलिया समस्यामा : के होला सेमिफाइनल ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

टिम अस्ट्रेलिया समस्यामा : के होला सेमिफाइनल ?



एजेन्सी — अस्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिन ल्याङ्गरले ब्याट्सम्यान उस्मान ख्वाजा ह्याम्स्ट्रिङको चोटका कारण विश्वकपका बाँकी खेल गुमाउने प्रस्ट पारेका छन् । शीर्ष क्रमका ब्याट्सम्यान ख्वाजाले शनिबार ओल्ट ट्राफोर्डमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दैगर्दा बायाँ तिघ्राको चोटका कारण बीचैमा छाडेका थिए । त्यस खेलमा दक्षिण अफ्रिकाले १० रनको जित हासिल गरेको थियो ।

विश्वकपको साविक विजेताअस्ट्रेलियाको १५ सदस्यीय टोलीमा ख्वाजाको स्थानमा म्याथ्यु बेडलाई
बोलाइएको छ । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अनुमोदन गर्न बाँकी छ । बिहीबार घरेलु टोली इंग्ल्यान्डविरुद्ध हुने सेमिफाइनल खेलमा ख्वाजाको अनुपस्थिति अस्ट्रेलियालीटोलीका लागि ठूलो झड्का हो ।

‘ख्वाजाका लागि यो निकै दुःखको कुरा हो । हामीले जस्तो खेलिरहेका छौं, त्यसमा उनी अभिन्न अंग थिए,’ ल्याङ्गरले शनिबार क्रिकेटअस्ट्रेलियाको वेबसाइटलाई भने, ‘सन मार्स (हात भाँच्चिएका कारण बिहीबार उनी विश्वकप टिमबाट बाहिरिएका थिए) का लागि पनि यो दुःखको कुरा हो कि उनी विश्वकप सेमिफाइनल खेल्न नपाउने भए ।’ ‘मेथ्यु बेड आएका छन्, उनी सानदार लयमा छन् । हालै उनले अस्ट्रेलिया ‘ए’ का लागि २ शतक प्रहार गरेका थिए । उनी हाम्रो उपयुक्त छनोट हुन्,’ ल्याङ्गरले थपे ।

यसैबीच मार्कस स्टोनिस पनि दक्षिण अफ्रिकासँगको खेलका क्रममा असहज देखिएका थिए । ह्याम्स्ट्रिङकै कारण उनले लिग चरणका सुरुआती २ खेल खेल्नसकेका थिए । स्टोनिसको कभरका रूपमा मिचेल मार्सलाई तयार राखिएको छ । उनी बंगलादेशमाथिको जितका क्रममा टिममा भए पनि पाकिस्तान र श्रीलंकालाई हराउँदा टिम बाहिर थिए ।