अस्ट्रेलियाका विद्यार्थीको खास समस्या के हो ? - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

अस्ट्रेलियाका विद्यार्थीको खास समस्या के हो ?



काठमाडौं- अध्ययनका लागि अस्ट्रेलिया गएको एक वर्ष नपुगेका करिब आठ हजार नेपाली विद्यार्थी समस्यामा पर्ने देखिएको छ।

कोरोना भाइरसको महामारी चलिरहेको बेला यस्ता विद्यार्थीलाई अस्ट्रेलियन सरकारले कुनै राहत नदिने बताएको छ।

एक वर्षभन्दा बढी भएका वद्यार्थीका लागि भने प्याकेजको घोषणा गरिसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

अस्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्ना नागरिकलाई बढी प्राथमिकता दिनुपर्ने भएकाले एक वर्ष नपुगेका विदेशी विद्यार्थीलाई सरकारले हेर्न नसक्ने बताएका छन्।

यस्तो अवस्थामा अप्ठ्यारो महसुस गर्ने विद्यार्थीलाई स्वेश फर्कन उनले आह्वान गरेका छन्।

एक वर्ष पुगेका नेपाली विद्यार्थीका लागि भने सरकारले विभिन्न राहत प्याकेज घोषणा गरेको छ।

यस्ता विद्यार्थीको कर जम्मा भएको सुपर एनुयसन (नेपालको संचयकोष जस्तै)बाट १० हजार डलरसम्म निकाल्न पाउने, भाडामा बसेका विद्यार्थीलाई भाडा नतिरेको भन्दै निकाल्न नपाउने, सुपर मार्केटमा जति समय पनि काम गर्न पाउने, रकम तिर्न ढिलाई भए पनि भिसा रद्द नहुने लगायतका घोषणा त्यहाँको सरकारले गरेको छ।