अष्ट्रेलियामा १२ जना नेपालीमा कोरोना संक्रमण
एजेन्सी- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा बसेका छन् ।
एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक प्रेमप्रसाद कँडेलका अनुसार कोरोना संक्रमण हुनेमा नेपाली विद्यार्थीदेखि एनआरएनए पदाधिकारीसमेत रहेका छन् ।
अष्ट्रेलियामा यसअघि मेलबर्नमा ४ जना नेपालीलाई कोरोना देखिएकोमा उनीहरु निको भई घर फर्किसकेका छन् ।