अस्ट्रेलियाको यस्तो बिजोग : इंग्ल्यान्ड सजिलै पुग्न सक्छ फाइनल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अस्ट्रेलियाको यस्तो बिजोग : इंग्ल्यान्ड सजिलै पुग्न सक्छ फाइनल



एजेन्सी – अष्ट्रेलियाले एक दिवसिय विश्वकप २०१९ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय २४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय २३ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको योगदान दिए । ४८ ओभरको पहिलो बलमा रन आउट हुनुअघि स्मिथले १ सय १९ बलमा ६ चौका प्रहार गरे ।

अष्ट्रेलियाले दोस्रो ओभरको पहिलो बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शुन्यमा गुमाएको थियो । उनलाई जोफ्रा आर्चरले एलबी डब्लू आउट गरे । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर डेविड वार्नर ९ रनमा क्याच आउट हुन पुगे । उनलाई क्रिस वोक्सले जोनी बेयरस्टोबाट क्याच आउट गराउँदै सुरुवाती समय दबाबमा राखे । वोक्सले सातौं ओभरको पहिलो बलमा पिटर हेन्डस्कम्बलाई ४ रनमा बोल्ड आउट गरेपछि अष्ट्रेलिया १४–३ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि एलेक्स केरी र स्टिभ स्मिथले १ सय ३ रनको शतकीय साझेदारी गर्दै सुरुवाती दबाब कम गर्दै इनिङ उकासे । चोटका बाबजुद खेलि रहेका केरी आदिल राशिदको २८ ओभरको दोस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा बाउन्डी लाइन नजिकै सब फिल्डर जेम्श भिन्सबाट क्याच हुँदै ४६ रनमा पेभिलिएन फर्किए । स्मिथलाई राम्रो साथ दिएका उनले ७० बलमा ४ चौका प्रहार गरे ।

यसै ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस एलवी डब्लू आउट हुँदै शुन्यमा पेभिलिएन फर्केपछि अष्ट्रेलिया पुन दबाबमा पर्यो । आर्चरको ३५ ओभरको पाँचौ बलमा ग्लेन म्याक्सवेल २३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा कप्तान इओन मोर्गनबाट क्याच आउट हुन पुगे । प्याट कमिन्स पनि ६ रनमा क्याच आउट भए । तल्लोक्रममा मिचेल स्टार्कले ३६ बलमा समान १ चौका र छक्का सहित २९ रनको महत्वपूर्ण योगदान दिए । नाथन लायन ५ र जेसन बेहरनडर्फले १ रन जोडे ।

इंग्ल्यान्डका लागि क्रिस वोक्सले ८ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । आदिल राशिदले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चरले १० ओभरमा ३२ रन खर्चेर २ विकेट हात पारे । मार्क उडको नाममा १ विकेट रह्यो ।