अष्ट्रेलियालाई कडा लक्ष्य : दक्षिण अफ्रीकाले जित्ने सङ्केत - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

अष्ट्रेलियालाई कडा लक्ष्य : दक्षिण अफ्रीकाले जित्ने सङ्केत



एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रीकाले अष्ट्रेलियालाई ३२६ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।

म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३२५ रन बनायो ।

दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले शतकीय इनिङ्स खेले । उनले १०० रन बनाए ।

यस्तै भान डेर डुसेनले ९५ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्विनटन डी ककले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन ल्यानले २/२ विकेट लिए ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रीकालाई पराजित गर्दै अष्ट्रेलिया तालिकाको शीर्ष शानमा रहेर सेमिफाइनल पुग्न चाहन्छ । यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ । दक्षिण अफ्रीकालाई पराजित गरे अष्ट्रेलिया शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्नेछ ।

दक्षिण अफ्रीकाविरुद्ध अष्ट्रेलियाका शौन मार्श हुने छैनन् । उनि चोटका कारण विश्वकप टिमबाट बाहिरिसकेका छन् । यस्तै ग्लेन म्याक्सवेलले खेल्ने सम्भावना समेत निकै कम रहेको छ ।

यता, दक्षिण अफ्रीका भने अष्ट्रेलियालाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको दक्षिण अफ्रीकाले ८ खेलबाट ५ अंक जोडेको छ ।

पुछारबाट तेस्रो स्थानमा रहेको दक्षिण अफ्रीका अष्ट्रेलियालाई हराउँदै अंक तालिका समते सुधार गर्न चाहन्छ । दक्षिण अफ्रीकाले ८ खेलमा मात्र २ खेल जितेको छ ।

दुईबीचको पछिल्लो पाँच भेटमा भने दक्षिण अफ्रीका बलियो देखिएको छ । पाँच भेटमा दक्षिण अफ्रीकाले ४ खेल जितेको छ भने अष्ट्रेलियाले १ खेल जितेको छ ।