अस्ट्रेलिया: प्रधानमन्त्री बर्खास्तीको माग गर्दै चर्कियो आन्दोलन - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

अस्ट्रेलिया: प्रधानमन्त्री बर्खास्तीको माग गर्दै चर्कियो आन्दोलन



काठमाडौं- अस्ट्रेलियामा प्रधानमन्त्रीबिरुद्ध नै आन्दोलन चर्किएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनलाई बर्खास्त गर्न माग गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन् ।

सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका शहरमा ‘युनि स्टुडेन्टस फर क्लाइमेट चेन्ज’ नामक संस्थाले प्रदर्शनको आयोजना गरेको थियो ।

प्रदर्शनकारीहरुले ‘स्याक स्कोमो’ अर्थात स्कट मरिसनको बर्खास्ती लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

लगातारको आगलागीका कारण जनजीवन अझै प्रभावित रहेको अवस्थामा जलवायु परिवर्तनका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरुले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले स्वयंसेवक अग्निनियन्त्रकका रुपमा काम गरिरहेकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने साथै घर जलेर घरवारविहिन भएकालाई उचित बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

अस्ट्रेलियाका विभिन्न शहरमा गरिएको प्रदर्शनका सहभागीले अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनको चर्को आलोचना गरेका थिए ।

यसअघि पनि प्रधानमन्त्री देश सङ्कटमा परेको बेला विदेश भ्रमणमा गएको भन्दै चर्को बिरोध भएको थियो भने फर्के लगत्तै उनले माफी मागेका थिए ।

प्रधानमन्त्री मोरिसनले पछिल्लो हप्ता भारत भ्रमण पनि रद्द गरेका छन् ।

उनीमाथि देश आगोको रापमा जल्दा पनि कुनैवास्ता नगरेको आरोप पनि लगाएका छन् ।