आत्महत्याको बाटो रोज्‍ने बलिउड कलाकार - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

आत्महत्याको बाटो रोज्‍ने बलिउड कलाकार



बलिउडबाहिरकालाई लाग्न सक्छ सेलिब्रिटीहरु लक्जरी जीवन बिताइरहेका छन् । उनीहरूका जीवनमा खुसीयाली, मोजमस्ती र रमाइलोमात्र छ । लाग्छ उनीहरूले दुःखका दिन त देखेकै छैनन् ।

तर, वास्तविक जीवनमा उनीहरूको समस्या हामीले सोचेभन्दा धेरै रहेका हुन्छन् । कतिपय समस्यासँग जुध्‍न नसक्दा आत्महत्याको बाटो पनि रोज्‍ने गरेका छन् । बलिउड कलाकार जसले आत्महत्याको बाटो रोजे :

१. दिव्या भारती

उनले पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको थियो । उनले १९ वर्षको उमेरमा १४ वटा फिल्म खेलिसकेकी थिइन् ।

२. गुरुदत्त

उनले रक्सीमा निदाउने औषधी मिलाएर सेवन गरेका थिए । उनले आफ्नै घरमा आत्महत्या गरेका थिए ।

३. कुलजित राडधावा

उनले आफ्नै घरको सिलिङ पङ्खामा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

४. कुनाल सिंह

श्रीमतीले आफ्नो बच्चासँग भेट्न नदिएपछि कुनालले आत्महत्या गरेको रिपोर्ट बाहिर आएको थियो ।

५. मनमोहन देसाइ

यी अभिनेताले बाल्कोनीबाट हाम फोलर आत्महत्या गरेका थिए ।

६. जिया खान

यी अभिनेत्रीले आफ्नो प्रेमीसँग भएको विवादका कारण आत्महत्या गरेकी थिइन् । उनी आफ्नो अपार्टमेन्टमा मृत फेला परेकी थिइन् ।