अब एक बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा पैसा नकाटिने - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

अब एक बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा पैसा नकाटिने



काठमाडौं– कोरोना महामारीको अवधिभर एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नलाग्ने भएको छ।

आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिमार्फत् अन्तर बैंक एटीएम कारोबारमा थप शुल्क नलाग्ने व्यवस्था गरिएको हो।

यसअघि गत चैतदेखि असार मसान्तसम्म बैंकहरुले स्वतः पैसा नकाटिने व्यवस्था गरेका थिए। तर, नयाँ आर्थिक वर्ष सुरु भएसँगै १ साउनदेखि अन्तर बैंक एटीएम कारोबारमा थप रकम काट्न थालिएको छ।

मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वको खर्च नीतिमा पनि पुनरावलोकन गरिएको छ।