अब जुनसुकै एटिएमबाट पैसा निकाल्दा कहिलै पनि शुल्क नलाग्ने - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

अब जुनसुकै एटिएमबाट पैसा निकाल्दा कहिलै पनि शुल्क नलाग्ने



काठमाडौं- अब एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा कहिले पनि पैसा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा कहिले पनि शुल्क नलाग्नेगरी नीतिगत व्यवस्था गरेको हो।

‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्न लिन पाइने छैन’ राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकिकृत निर्देशन २०७७ मार्फत् यस्तो निर्देशन गरेको छ ।

राष्ट्र बैंकले एउटै व्यक्तिलाई एकभन्दा बढी डेबिट तथा क्रेडिट कार्ड दिन नपाउने व्यवस्था गरेको छ। एउटा बैंक तथा वित्तीय संस्थाले एउटा प्राकृतिको व्यक्तिलाई एकभन्दा बढी कार्ड दिन पाउने छैनन्।

राष्ट्र बैंकले गरेको निर्देशनमा बैंकहरुले एक पटक कार्डको शुल्क लिइसकेपछि कार्डको नवीकरण शुल्क भन्दै लिन पाउने छैनन्।

साथै कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिनअघि नै ग्राहकहरुलाई जानकारी गराउनुपर्नेछ। कार्डको म्याद समाप्त भइसकेपछि नवीकरण वा नयाँ कार्डका लागि लाग्ने शुल्का बारेका समेत जानकारी दिनुपर्नेछ।