एटीएममा पैसा अड्किए बैंकले क्षतिपूर्ति दिने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एटीएममा पैसा अड्किए बैंकले क्षतिपूर्ति दिने



काठमाडौं । एटीएम कार्ड आजको बैंकिङ युगमा एक सहज साधन बन्न पुगेको छ तर यसबाट रकम झिक्दा ग्राहकले यदाकदा विभिन्न समस्याहरु भोग्नपर्ने देखिएकोृ छ ।

कहिलेकाहीँ सहज रूपमा सेवा प्रदान गर्दै आएका यस्ता प्रकारका एटीएम मेसिनहरूमा आर्थिक कारोबार गर्ने प्रशंगमा कथम­्कदाचित विद्युतीय अवरोध वा अन्य कुनै भैपरी आउने अवरोधका कारणले गर्दा ती मेसिनहरूले सहज रूपमा नगद प्रवाह गर्न नसकी बीचैमा नोट अड्किएको खण्डमा आफ्नै रकम लिनका लागि विभिन्न बैकिंङ प्रक्रियाहरु पार गर्नु पर्ने हुन्छ ।

स्वचालित मेसिनहरूमा आउने अवरोधका कारण कतिपय अवस्थामा त नगद प्रवाह नगरे तापनि ग्राहकको खातामा रहेको रकम स्वतः कट्टा गरिदिएका प्रमाणहरू पनि भेटिने गरेका छन् ।सर्वसाधारणले भोग्नपर्ने यस्तै समस्यालाई मध्यनजर गर्दै ै आर्थिक वर्ष २०७५र७६ को मौद्रिक नीतिले केही नयाँ ब्यवस्था गरेको छ जसअनुसार यदि एटीएम कारोबार गर्दा मेशीनको समस्याको कारण भुक्तानी प्राप्त नहुने तर खातामा रकम घट्न जानेभएमा सकेको छिट्टो सम्बन्धीत बैंकले ग्राहकलाई उक्त रकम फिर्ता दिनुपर्ने र खातामा रकम फिर्ता नगरे त्यसरी घटेको रकमको व्याजसमेत दिनुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।