अब जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

काठमाडौं- अब जुनसुकै एटीएममार्फत पैसा निकाल्दा पनि शुल्क नलाग्ने भएको छ । त्यतिमात्र होइन विद्युतीय कारोवार पनि पूर्ण निशुल्क बनाइएको छ ।
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट बच्न बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई निःशुल्क बनाएका हुन ।
नेपाल बैंकर्स एशोसियसन, विकास बैंक एशोसियसन र नेपाल वित्तीय संस्था संघले ईन्टरनेट, मोबाइल बैंकिङ र एटीएममार्फत हुने कारोबारलाई निःशुल्क गरेका छ।
संकटका बेला बैंकिङ कारोबारलाई सजिलो बनाउन र विद्यूतीय कारोबारलाई प्रोत्साहन गर्न यस्तो कारोबार निःशुल्क गरिएको नेपाल बैंकर्स एशोसियसनले बताएको छ ।
नोटबाट पनि भाइरस संक्रमण हुन सक्ने जोखिमलाई ख्याल गर्दै नगद कारोबारलाई कम गर्न विद्युतीय कारोबारलाई प्रोत्साहन गरिएको बताइएको छ ।
यसका साथै, नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस सेवामा समेत शुल्क नलाग्ने भएको छ।
विद्युतीय कारोबारका कारण बैंकहरुमा हुने भीडभाड पनि कम हुनेछ।

